काठमाण्डौ – कुसल बेलबासे र पुर्णकला विसीले आवाज दिएको गीत सनिसारले छोटो समयमै २० लाख दर्शक बनाउन सफल भएको छ ।
गीतले सामाजिक सञ्जाल लगायत टिकटकमा समेत सबैको अत्यधिक माया पाएको थियो । एकपछि अर्को हिट गीत सिर्जना गरिरहेका सर्जक कुसल बेलबासेले गीतको लय तथा शब्द सिर्जना गरेका छन ।
गीतलाई ४ हजार भन्दा धेरै दर्शकले आफ्नो प्रतिक्रिया दिएका छन भने धेरैले गीत राम्रो भएको बताएका छन । साथै गीतमा शिशिर पौडेल र सारिका केसीको अभिनयको निकै प्रसंसा भएको छ । गीतलाई प्रकाश भट्टले कलात्मक निर्देशन गरेका छन ।