काठमाण्डौ – नेपालमा कोरोना संक्रमण फेरि भयावह हुन थालेको छ । पछिल्लो २४ घण्टामा १७ सय भन्दा धरै सङ्क्रमण देखिए संगै अवस्था अत्यन्तै जटिल बन्न लागेको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा १७ सय ३६ नयाँ संक्रमित फेला परेका छन् भने ११ जनाले ज्यान गुमाएका छन् ।
८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन् ।
यही अवधिमा २५१ जना निको भएका छन् । नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ ।