• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

मंगलबार शेयर बजार सामान्य अंकले बढ्यो,कारोबार रकम भने ओरालो लाग्यो

काठमाण्डौ – लगातार ओरालो लागेर लगानीकर्ता दुखि बनाएको शेयर बजार आज भने सामान्य बृद्धि भएको छ । करिव ३ अंकले बढेर २६६४ विन्दुमा पुगेको छ ।

कारोबार अवधिभरनै आज नेप्सेमा निकै उतारचडाव आयो । केहि समयमै बढ्ने नेप्से क्षणमै घटेर कारोबार समेत भएको थियो ।

आज २ सय १६ कम्पनीहरुको शेयर कारोबार भएकोमा १ सय ७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ५८ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै १८ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

आज ४ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने नागरिक लगानी कोषको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ । नेप्सेका सबै उपसूचकहरुमा हरियाली पोतीदा बैक र विमा कम्पनीहरुको भने सामान्य घटेको छ । आज ५ अर्व ५३ करोड बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया