काठमाण्डौ – त्रि देशीय क्रिकेट म्याचमा नेपालले आज आफ्नो दोस्रो जीत निकालेको छ ।
पहिलो खेलमा नेदरल्यान्डस्लाई जीतेको नेपालले आज पनि सोहि लयमा मलेसियालाई हराउन सफल भएको हो । नेपालको जीतको लागि ओपनर कुशल भुर्तेल र आसिफ सेइखको उत्कृष्ट प्रर्दशन रह्यो ।
मेलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष नेपालले १ विकेटको क्षतिमा ११ ओभर १ बलमा भेटाउन सफल भएको हो । पहिलो विकेट गुमाएको नेपालले आसिफलाई ४२ रनमा गुमाएको थियो । दोस्र्रो ब्याटिङका लागि आएका दिपेन्द्र सिँह ऐरी नटआउट रहे । नेपालका लागि भुर्तेलले ४१ बलमा ६१ रन हानेका थिए ।
आज नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमै अर्थसतक प्रहार गर्न सफल भएका थिए । उनको यो दोस्रो अन्तराष्टिय खेल हो । यस अघिको खेलमा पनि उनले अर्धसकत बनाएका थिए । नेपालले टस जितेर नेपालले मलेसियालाई व्याटको निम्तो दिएको थियो ।
नेपालका लागि करण केसीले ३,सोमपाल काकी, दिपेन्द्र,सहव र कुशल मल्लले एक एक विकेट लिएका थिए भने सन्दिप लामिछानेले २ विकेट लिएका थिए ।