काठमाण्डौ – नयाँ बर्षसँगै राजनितिक परिर्वतनले गर्दा त्यसको असर नेपाली शेयर बजारमा पनि देखिएको छ । आज नेप्से करिव ३७ अंक भन्दा धेरैले घटेर समग्र बजार २६६२ विन्दुमा झरेको छ ।
नेप्से घटेसँगै आज कारोबार रकम पनि ओरालो लागेको छ । आज ६ अर्व ७२ करोड भन्दा धेरैको कारोबार भएको छ । यो हिजोको तुलनाम करिव १ अर्व कमि कारोबार हो ।
आज कारोबार अवधिमा २ सय १३ कम्पनीहरुको शेयर खरिद विक्रि भएका थिए । त्यस मध्य २२ कम्पनीहरुको शेयर मूल्य मात्र बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ६ कम्पनीहरुके शेयर मूल्य भने यथावत हेको छ । आज २ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।
सोमबार नागरिक लगानी कोषको सबैभन्दा धेरै कारोबार भएको छ । आज नेप्सेका प्राय सबै उपसूचकहरुमा रातो पोतिएको छ ।