प्रकाश सुवेदीको रजतपट बन्द,सिल्पालाई खेदेको आरोप

काठमाण्डौ – एपी वान टेलिभिजनका कार्यक्रम सञ्चालक प्रकाश सुवेदीलाई टिभिले आफ्नो कार्यक्रम अब प्रशाण गर्न निर्देशन दिएको छ ।

उनले टेलिभिजनमा रजतपट र ग्लामर गफ नामक कार्यक्रम सञ्चालन गर्दै आएका थिए । उनको कार्यक्रममा नायिका शिल्पा पोख्रेलको चरित्र हत्याहुने सामाग्री प्रशारण भएको उजुरी परेको थियो । उजुरी पछि उनलाई यो विषयमा अब कार्यक्रम नबनाउन ब्यवस्थापनले सुझाव दिएको थियो । तर सुवेदीले गत साताको कार्यक्रममा समेत सोहि विषयलाई उठाएपछि अन्तत कार्यक्रम प्रशारणमा रोक लगाइएको हो ।

उनले कार्यक्रममा छवि र शिल्पा विचको विवादलाई प्रस्तुत गरेका थिए । सो विषयलाई लिएर शिल्पाले सुवेदी विरुद्ध टेलिभिजनमा उजुरी दिएकी थिइन । प्रकासको कार्यक्रम रोकिएपछि शिल्पाले ब्यवस्थापनलाई समेत धन्यवाद दिएकी छन ।

यस अघि सुवेदीले कान्तिपुर टेलिभिजनमा आफ्नो कार्यक्रम चलाउदै आएका थिए । त्यहाबाट निकालिएपछि उनी एपीवान टिभिमा पुगेका हुन । त्यहा पनि उनको यात्रा लामो हुन सकेन ।

प्रतिक्रिया