काठमाण्डौ-साताको पहिलो दिन आईतबार प्रिओपन सेसनमा शेयर मापक सूचक नेप्से करिव ४ अंकले बृद्धिहुँदै समग्र बजार २६९४ विन्दुमा पुगेको छ । यस अघिका लगातार ३ कारोबार दिनमा नेप्से दोहोरो अंकले घटेको थियो ।
यस सेसनमा आज ३२ कम्पनीहरुको ७६ लाख माथिको शेयर खरिद विक्री हुँदा अधिकांस कम्पनीहरुको शेयर मुल्य बढेको छ । अरुण कावेली पावरको शेयर सबै भन्दा धेरै मूल्यको खरिद विक्री हुँदा आधा दर्जन हाराहारी कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ ।
केहि दिन देखि चर्चामा रहेको नेपाल पूर्वाधार विकास बैंकको शेयरमा आज पनि लगानीकर्ताको आकर्षण देखिएको छ ।