काठमाण्डौ – नभप्रतिभाा सर्जक तथा गायक जीवन कँडेलको आफ्नै लय तथा शब्द सिर्जना रहेको नयाँ गीत पानी घटक्कै भर्खर मात्र सार्वजनिक भएको छ ।
जीवन कँडेलकै लय तथा शब्द सिर्जना रहेको सो गीतमा आवाजमा कँडेललाई लोकप्रिय गायिका शान्तीश्री परियारले साथ दिएकी छन । गीतले माया प्रेमलाई विषय बनाएको छ ।
कँडेल कामको शिलशिलामा अहिले जापान रहेका छन । छोटो समयमै उनले आधा दर्जन भन्दा धेरै गीतहरु सार्वजनिक गरिसकेका छन । उनी टुहुरो जीवन बोलको गीतबाट करिव एक बर्ष पहिलेबाट यो क्षेत्रमा प्रवेश गरका हुन ।
मौषम हिमालीको निर्देशन रहेको सो गीतलाई जीवन साथी युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा करिश्मा ढकाल र सुधिर श्रेष्ठको अभिनय रहेको छ ।