काठमाण्डौ – बैशाख लागेसँगै विभिन्न कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरिरहेका छन । यसै विच चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीको वित्तिय विवरण अनुसार सञ्चित नाफा निकै बढेको देखिन्छ । कम्पनीले केहि समय पहिला प्राथमिक शेयर निष्कासन गरि पुजीबृद्धि गरेको थियो ।
चालु आर्थिक वर्षको चैत १८ गतेसम्ममा कम्पनीले १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरोको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको घाटा १५ करोड ९३ लाख रुपैयाँ बढेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १८ लाख रुपैयाँमात्र नोक्सानी व्यहोरेको थियो।
सञ्चालन आम्दानीसँगै अन्य आम्दानीहरु घटेपछि कम्पनीको घाटा चुलिएको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ७९ लाख रुपैयाँ घटेको छ भने अन्य आम्दानी १ करोड २७ लाख रुपैयाँ घटेको छ। गत आर्थिक वर्षको चैत १८ गतेसम्ममा १४ करोड २१ लाख रुपैयाँ धनात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ८१ लाख रुपैयाँ ऋणात्मक भएको छ।
१ अर्ब ५३ करोड रूपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ३२ करोड ८ लाख रूपैयाँ ऋणात्मक रहेको छ। चैत १८ गतेसम्ममा कम्पनीको इपीएस ११ रूपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७९ रूपैयाँ ९ पैसा रहेको छ।