लोकप्रिय गायक हेमन्त कान्छाको अर्को मौलिक गीत सुन मुरलीलाई

काठमाण्डौ – आफ्ना मौलिक सिर्जनाले सबैको मन जित्दै गइरहेका लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छाको आवाज रहेको नयाँ गीत सुन मुरलीलाई भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै मौलिक सो गीतमा कान्छालाई आवाजमा प्रेमा पुर्जा मगरको आवाज रहेको छ भने गीतको शब्द सपना रसाईलीले सिर्जना गरेकी हुन भने लय सिर्जना गायिका स्वयमको रहेको छ ।

गीतको म्युजिक भिडियो देव पुनले निर्देशन गरेका छन भने गीतको संगीत संयोजन हेमन्त स्वयमकै रहेको छ । फुलु र नविन पुन मगरको गीतमा अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया