काठमाण्डौ – नेपालमा पछिल्लो समय कोरोना संक्रमण विकरण बन्दै गइरहेको आँकडाले देखाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएका थिए । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा २६२ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा सङ्क्रमित भेतिनेमा ११२ जना बालबालिका रहेको मन्त्रलायले जनाएको छ ।