काठमाण्डौ । कर्णाली प्रदेश सरकारले चैते दशैंका अवसरमा आफ्नो प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको निर्णय अनुसार बैशाख ७ गते मंगलबार विदा दिने निर्णय गरेको आज एक विज्ञेप्ती मार्फत जानकारी दिइएको छ ।
प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिने नगरे पनि कर्णाली प्रदेश सरकारले भने सार्वजनिक बिदा गरेको हो ।