• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नयाँ बर्षसँगै नेप्सेको ओरालो यात्रा,आइतबार नेप्से घटे पनि कारोबार रकम भने ९ अर्व

काठमाण्डौ – साताको पहिलो दिन साथै २०७८ को तेस्रो कारोबार दिन नेप्सेमा पहिरो गएको छ ।

आज नेप्से ३६ अंकले घटेर २६९९ विन्दुमा झरेको छ । आज नेप्सेमा ठुलो गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रुपमा बढेको छ । २०७ कम्पनीहरुको ८ अर्व ८० करोड भन्दा धेरैको कारोबार भएको छ ।

आज कारोबार भएका मध्य ४ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । त्यस्तै २९ कम्पनीहरुको शेयर मूल्य बढ्दा १ सय ४७ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

आजे एभरेष्ट बैकको सबैभन्दा धेरै कारोबार भएको छ भने गुडविल फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ ।

प्रतिक्रिया