काठमाण्डौ – पछिल्लो समय नेपाली सांगीतीक क्षेत्रमा निकै कम मात्र आधुनिक तथा पप गीतहरु सार्वजनिक हुन्छन । दर्शकको त्यति धेरै रुचि नभएका कारणले पनि यि विधाका गीतहरु खासै सुन्न र देख्न पाइदैन ।
यसै विच कमल खत्रीको उत्कृष्ट वियोगान्त गीत टुक्रेको सिसा भर्खर मात्र सार्वजनिक भएको छ । गीतको सम्पुर्ण अडियो र भिडियो दमदार रहेको छ ।
गीतलाई विनोद केसीले शब्द सिर्जना गरेका छन भने कमल खत्रीले संगीत सिर्जना गरेका छन । अमर थापाको निर्देशन रहेको सो गीतमा सिता तामाङ,विनोद केसी र साथीहरुको अभिनय रहेको छ ।
गीतलाई ह्वाइट नेपालले टिजिटल बजार ब्यवस्थापन गरेको छ ।