काठमाण्डौ – कम जोखिम हुने लगानीको क्षेत्र भित्र पर्छ म्युचअल फण्ड । पछिल्लो समय फण्डमा पनि लगानीकर्ताको निकै आकषर्ण रहेको छ ।
यसै विच एनआईबिएल एस क्यापिटलले बैशाख १३ गतेदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल समृद्धि फण्ड २ का इकाई निष्काशन गर्ने भएको छ ।
क्यापिटलले यस योजना अन्तर्गत प्रति इकाई १० अंकित मूल्यका १२ करोड इकाईमध्ये बीज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापकका लागि तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ९ करोड ६० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा बैशाख १६ गते हुनेछ भने ढिलोमा बैशाख २७ गते हुनेछ।