पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं–
नेपाल आयल निगमले पेट्रोल र डिजेल÷मटितेल, हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोल र डिजेल÷मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्य वृद्धि भएपछि पेट्रोलको प्रतिलिटर एक सय २१ र डिजेल÷मटितेलको एक सय ४ रुपैयाँ पुगेको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । वृद्धि भएको मूल्य शनिवार राती १२ बजे बाट लागू हुनेछ । त्यसैगरी, आन्तरिक उडान हवाई इन्धनको मूल्यमा दुई रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ निर्धारण गरिएको छ ।
एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य यथावत छ । मूल्य बढाउँदा पनि पेट्रोलमा प्रतिलिटर ६.७२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया