बाढी पहिरोको वितण्डा - ७ जना भन्दा धेरैको ज्यान गयो,सयौ विस्थापित

काठमाडौ - केही दिन देखि आएको अविरल वर्षाले नेपालमा ठूलो धनजनको क्षति पुराएको छ । 

पछिल्लो जानकारी अनुसार नेपालमा बाढी पहिरोमा परी ७ जनाको ज्यान गइसकेको छ भने ३ जना वेपत्ता भएका छन् । साथै सयौ घरबार बिहिन भएका छन् । 

ज्यान जानेमा पहिरो र चट्याङका कारण धेरै छन् । त्यस्तै पहिलोले पनि धेरै धन जनको क्षति पुगेको छ । 

बाढी पहिरोको धेरै प्रभावमा चितवन,गोरखा,लमजुङ्ग, धादिङ लगाएका ठाउँ छन् । यस्तै मुग्लिन नारायणघाट सडक खण्ड पनि पहिरोका कारण धेरै ठाउँमा अवरुद्ध भएको छ । 

विगत तीन दिन देखि देशका विभिन्न ठाउँमा अविरल बर्षा भइरहेको छ भने यो क्रम अझ केही दिन रहने मौसम विभागले जनाएको छ । 

तटीय क्षेत्रमा रहेका जनतालाई सचेत रहन विभागले अनुरोध गरेको छ।  

 

प्रतिक्रिया