काठमाण्डौ – पछिल्लो समय नेपालमा सबारी दुर्घटना निकै बढिरहेका छ । केही दिन अघि स्वर्गद्वारीमा जीप दुर्घटनामा ५ जनाको ज्यान गएको थियो भने शुक्रबार बेलुकी पनि यस्तै दुर्घटना बहेको छ ।
बाँकेको कोहलपुरमा बस र ट्रिपर एक आपसमा ठोकिँदा ५ जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएका छन् ।
बस सुर्खेत बाट धर्ना जाँदै थियो । मे १ ख ३३४७ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ट्रिपर सँग ठोकिएको थियो ।
कोहलपुरमा घाइतेको उपचार भइरहेको छ भने ज्यान जानेको अहिले सम्म पहिचान हुन सकेको छैन ।