साताको अन्तिम तथा बर्षको पहिलो दिन नेप्से २० अंकले बढ्यो,कारोबार रकम ८ अर्व माथि

काठमाण्डौ – बर्षको पहिलो दिन साथै साताको अन्तिम दिन विहिबार नेप्से २१ अंक भन्दा धेरैले बढेको छ । योसँगै नेप्से २७ सय ३५ विन्दुमा पुगेको छ ।

पछिल्लो केहि समय नेप्से लगातार उकालो लागिरहेको छ । नेप्सेसँगै आज कारोबार रकम पछि एक महिना यताकै उच्च भएको छ । कारोबार भएका २ सय १७ कम्पनीहरुको ८ अर्व २९ करोड भन्दा धेरैको कारोबार भएको छ ।

आज जलविद्युत र ब्यापार बाहेक अन्य उपसूचक सबै चम्किए । आज सबै भन्दा धेरै विकास बैंकको उपसूचक बढेको छ । आज सेन्सेटीभ इन्टेक्स पनि बढेको छ । ९८ कम्पनीहरुको शेयर मूल्यमा बृद्धिहुँदा ७२ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

एनआईसी एसिया लद्युवित्तको सबैभन्दा धेरै शेयरको कारोबार हुँदा ८ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लेवलमा पुगेको छ ।

प्रतिक्रिया