काठमाण्डौ – पछिल्लो समय नेपाली नयाँ लगानीकर्ताहरुको लागि प्राथमिक शेयर निकै चासोको विषय बन्ने गरेको छ ।
हितग्राहि खाता खोल्ने ३२ लाख भन्दा धेरै भएसँगै शेयर आवेदनको पनि किर्तिमान कायम भइरहेको छ । पछिल्लो एउटा कम्पनीको शेयरको लागि १६ लाख भन्दा धेरैले आवेदन दिएका थिए । यसले प्राथमिक शेयरको निकै माग रहेको देखाएको छ ।
यसै विच नेपाल धितोपत्र बोर्डले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासनको लागि अनुमती दिएको छ । अनुमती पाउने कम्पनी सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ ।
यो कम्पनीको विक्री प्रबन्धमा सनराईज क्यापिटल रहेको छ भने कुल पुजीको ३० प्रतिशत बराबरको शेयर निष्कासन गर्न लागिएको हो ।