२०७८ सालको पहिलो कारोबार भएको प्रिओपनिङ २१ अंकले बढ्यो

काठमाण्डौ – आज २०७८ बैशाख २ गते विहिवार हो । यो बर्षको पहिलो दिने नेप्से प्रि ओपनिङ सेसनमा करिव २१ अंकले बढेर समग्र नेप्से २७३५ विन्दुमा पुगेको छ ।

गत बर्षको अन्तिम दिन समेत नेप्सो बढेको थियो । जानकारहरुका अनुसार यहि बर्षको सुरुकै दिनहरुमा नेप्से ३ हजारको विन्दुमा पुग्न सक्छ ।

विहिबार साताको अन्तिम दिन पनि हो भने यो बर्षको पहिलो कारोबार दिन । आज यो सेसनमा कारोबार भएका ५३ मध्य अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको छ । ४१ कम्पनीहरुको शेयर मूल्य बढ्दा ६ कम्पनीहरुको भने मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

आज यो सेसनमा ७१ लाख भन्दा धेरैको कारोबार भएको छ ।

प्रतिक्रिया