फेरि भयावह बन्दै कोरोना संक्रमण, एकैदिन ६०३ जना संक्रमित भेटिए

काठमाण्डौ – नेपालमा पछिल्लो समय कोरोना संक्रमण भयावह बन्दै गएको छ । बुधबार मात्र ६०३ जना नयाँ संक्रमित फेला परेसंगै सबैलार्इ चिन्तित बनेका छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौं उपत्यकामा २५४ मा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित बढ्दै जान थालेपछि अस्पतालहरूमा निकै भीड हुन थालेको छ । सरोकारवालाहरुले नेपालमा यूके भेरियन्ट फैलिएको जनाएका छन् ।

प्रतिक्रिया