काठमाण्डौ – नयाँ वर्षको पहिलो दिन नै दुःखद खबर आएको छ । प्यूठानमा सवारी दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ ।
गुल्मीबाट प्युठान स्वर्गद्वारी दर्शनको लागि हिँडेको जीप दुर्घटनामा परेको हो ।
लु१ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीपमा १२ जना सवार थिए । अहिले प्रहरीले घाइतेको उद्धार गरी अस्पताल लैजाने काम गरिरहेको छ ।