काठमाण्डौ – आज वैशाख १ गते अर्थात नयाँ वर्षको पहिलो दिन । आज बाट २०७८ सुरु भएको छ ।
हाम्रा समग्र पाठक, विज्ञापन दाता लगाएत सबै शुभचिन्तकमा नयाँ वर्षको धेरै धेरै शुभकामना ।
२०७७ साल कोरोना महामारीले थला परे पनि शेयर बजारमा भने अहिले सम्मकै सबै किर्तिमानी तोडिए । नेप्से अहिले सम्मकै उच्च बिन्दुमा पुग्यो भने ११ अर्ब सम्मको कारोबार समेत एकै दिन भयो ।
नयाँ वर्षमा नेप्से ३ हजार बिन्दुमा पुग्ने धेरैको अनुमान छ भने ५ लाख हाराहारीमा सक्रिय लगानीकर्ता यो क्षेत्रमा आवद्ध छन् ।