हाइटेन्सन लाइन तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका ३ जनाको मृत्यु

हाइटेन्सन लाइन तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

 

दाङको राप्ती गाउँपालिका ३ घण्टदेव चौकका ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान ६० वर्षका गोरखबहादुर केसी र उनिहरुका ४ वर्षीय नाति कृष्ण केसीको करेन्ट लागेर मृत्यु भएको हो।

 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको विद्युतको तार चुँडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार अचानक चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया