• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

२०७७ सालको अन्तिम दिन नेप्से २३ अंकले बढ्यो,कारोबार रकम ७ अर्वमाथि पुग्दा नेप्से २७ सय १४

काठमाण्डौ – आज २०७७ सालको अन्तिम दिन हो । नेपाली शेयर बजारले २०७७ सालमा अहिले सम्मकै किर्तिमानी तोड्र २७ सय १५ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

मंगलबार नेप्से २३ अंकले बढेको छ । त्यस्तै नेप्सेसँगै कारोबार रकम पनि ७ अर्वमाथि पुगेको छ । धेरै समय विक्रिको दवावमा परेको नेप्से २ बजेपछि भने खरिद दबावमा परेको थियो जसको फलस्वरुप नेप्से बढेको हो ।

आज २ सय ९ कम्पनीहरुको शेयर खरिद विक्रि भएको छ । जसमध्य ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १० कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

आज ५ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने नविल बैकको सबैभन्दा धेरै शेयरको कारोबार भएको छ ।

प्रतिक्रिया