हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार किन ६ महिनादेखि रोकियो ?


काठमाडौं–हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर बजारमा कारोबार नभएको ६ महिना पुगेको छ । गत वैशाख ३० गतेसम्म दुवै बैंकको कारोबार भएको थियो । त्यतिबेला हिमालयन बैंकको प्रतिकित्ता ४ सय ८० रुपैयाँ र इन्भेष्मेण्ट बैंकको ४ सय ६० रुपैयाँ सेयर किनबेच भएको थियो । त्यसपछि यी दुबै बैंकको कारोबार भएको छैन । गत वैशाख ३१ गते बन्द भएको कारोबार कहिले खुलाहोला शेयरधनीले प्रतिक्षा गरिरहेका छन् ।


तर, कारोबार तत्काल खुल्ने सम्भावना छैन । किन त ? 


यी दुई बैंक मर्जरको आपसी सम्झौता गरी राष्ट्र बैंक गत वैशाख ३० गते नेपाल राष्ट्र बैंक पुगे । त्यसको भोलिपल्ट अर्थात् वैशाख ३१ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर कारोबार रोक्का ग¥यो । सम्झौताअनुसार मर्जरको प्रक्रिया पुरा नहुँदासम्म कारोबार हुँदैन । तर, मर्जरमा जान पनि ढिलाई भैरहेको छ । नेप्सेले मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ अनुसार दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो । दुई बैंक तथा वित्तीय संस्था आपसमा मर्जर तथा प्राप्तिका लागि निश्चित सेयर स्वाप रेसियो तय भइ सम्झौता गरेपछि सेयर कारोबार मर्जर सम्पन्न भइ एकीकृत कारोबार सुरु भएपछिमात्र दोस्रो बजारमा कारोबार खुल्ने व्यवस्था छ ।


मर्जरका लागि सैद्धान्तिक स्वीकृत पाएको ३ महिना भित्र एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति लिनुपर्ने भए पनि मर्जरको प्रक्रिया टुंगिएको छैन । राष्ट्र बैंकले मंसिर २० गतेसम्म प्रक्रिया पुरा गरी एकीकृत कारोबारका लागि अन्तिम स्वीकृत लिन अनुमति दिइसकेको भए पनि अझै अन्योल छ ।


हिमालयन र इन्भेष्टमेण्ट आपसमा मर्जर नभएर अर्को बैंकमा मर्जर हुन परेमा सम्पुर्ण प्रक्रिया पुरा गर्न थप एक वर्ष बढी समय लाग्छ । मर्जरपछि एकीकृत कारोबार भएर बैंकले नेप्सेमा कारोबार फुक्का गर्न पत्र नपठाउँदा शेयर कारोबार हुन सक्दैन । वैशाख ३१ गते बन्द भएका यी बैंकको बजार पुँजीकरण कुल १ खर्ब २६ अर्ब ४९ करोड रुपैयाँ बढी थियो । जसमध्ये हिमालयन बैंकको १० करोड ६८ लाख ४४ हजार कित्ता बराबरको ५१ अर्ब ७१ करोड २५ लाख रुपैयाँ र इन्भेष्टमेण्ट बैंकको १६ करोड २५ लाख ७३ हजार कित्ता बराबरको ७४ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ थियो । त्यसपछि कारोबार भएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय