काठमाण्डौ – चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेको नेतृत्वमा निमार्ण गरेको कालिकोटको रास्कोट अस्पताल आजबाट सञ्चालनमा आएको छ ।
आज एक कार्यक्रम विच लामिछानेको टिमले सो अस्पताल सञ्चालनमा आएको जानकारी दिएको हो । अहिले सो अस्पताल हस्तान्तरणको कार्यक्रम भइरहेको छ । त्यसैका लागि लामिछानेको टिम कालिकोट पुगेको छ ।
सो अस्पताल १५ शय्या क्षमताको रहेको छ भने आकस्मिक कक्षमा पाँच शय्या छ। यहाँ एमबिबिएस गरेका चिकित्सक रहन्छन्। अस्पताल निमार्णको लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग उठाइएको थियो ।