प्रेमको मुटु बैना ५ लाख दर्शक माझ पुग्यो

काठमाण्डौ – केहि समय पहिला सार्वजनिक भएको बहुप्रतिभाका धनि सर्जक तथा गायक प्रेम सापकोटा सोनुको गीत मुटु बैनाले छोटो समयमै ५ लाख भन्दा धेरै दर्शक बनाउन सफल भएको छ ।

उत्कृष्ट लय र शब्द सिर्जना गर्न सक्ने क्षमता भएका सोनुले जापानबाटै यो नयाँ सिर्जना दर्शक स्रोताका लागि र्साजनिक गरेका हुन ।

गीत निकै उत्कष्ट भएकै कारणले सबैले छोटो समयमै यति धेरै दर्शकको माया पाएको हो । गीतलाई आयान न्यौपानेले लय तथा शब्द सिर्जना गरेका छन भने आवाजमा सापकोटालाई रचना रिमालले साथ दिएकी छन ।

गीतलाई दर्शकले गरेको माया प्रति गायक सापकोटाले आभार प्रकट गर्नुभयो ।

गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक स्मृति तिमिल्सीनाले निकै मेहनत गरेर निर्देशन गरेकी छन भने अर्जुन सापकोटा र अञ्जली अधिकारीले अभिनय गरेका छन । गीतलाई प्रकास धमलाले सम्पादन गरेका छन भने आरजी मिडियाले बजार ब्यवस्थापन गरेको छ ।

प्रतिक्रिया