एकै दिन कोरोनाबाट १३ को ज्यान गयो,नयाँ संक्रमित कति ?

काठमाण्डौ – छिमेकी देश भारतमा भयावह भनेको कोरोना सङ्क्रमण नेपालमा पनि उच्च गतिमा बढीरहेको देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ ।

प्रतिक्रिया