काठमाण्डौ – आज ५ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने ११२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै १२ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
आज ८० हजार पटक कारोबार हुँदा एनआईसी एसिया बैकको सबैभन्दा धेरै रकमको कारोबार भएको छ । लद्युवित्तका लगानीकर्ताहरुले आज सबैभन्दा धेरै कमाउन सफल भए । आज नेप्सेका उपसूचहरुमा धेरैमा हरियो पोतियो भने वित्त,होटल र जलविघुको सूचकहरु घटेका छन ।
केहि समय लद्युवित्तमा झुम्मिएका लगानिकर्ताहरु त्यस पछि भने बैंक तर्फ लागेका थिए । आज सबै भन्दा धेरै कमाउने शेयर धनिहरु यस्ता छन ।
१. एनआईसी एसिया लद्युवित्त – लामो समयको अन्तरालपछि कारोबार फुकुवा भएको यो लद्युवित्तको शेयर मूल्य ७ सयको हाराहारीबाट यो स्थानसम्म आइपुगेको छ । लगातारको सर्किटले शेयर मूल्य छोटो समयमै १५ सय माथि पुगेको छ । यो शेयरका लगानीकर्ताले आज प्रति शेयर १४० रुपैयाले कमाए ।
२. भर्खर मात्र प्राथमिक शेयर निष्कासन गरि दोस्रो बजारमा प्रवेश गरेको महिला लद्युवित्तको शेयर मूल्यमा पनि आज सर्किट लागेको छ । यो कम्पनीका शेयर धनिहरुको आज प्रति शेयर ९० रुपैयाँ भन्दा धेरै कमाउन सफल भएका छन ।
३.त्यस्तै अर्को धेरै कमाउने कम्पनीमा ज्योती लाईफ इन्स्योरेन्स पनि रहेको छ । यो कम्पनी पनि भर्खर दोस्रो बजारमा प्रवेश गरेको छ । आज यसका शेयर धनिले प्रति शेयर ४२ रुपैयाँ भन्दा धेरै कमाउन सफल भएका छन ।
४.आज धेरै कमाउने शेयर धनिमा सिन्धु विकास बैक पनि रहेको छ । यो कम्पनीको पनि शेयर मूल्यमा आज सर्किट लागेको छ ।
५. त्यस्तै सर्किट लाग्ने अन्तिम कम्पनी हो छ्याङदी जलविद्यतु कम्पनी । यो कम्पनीको शेयर मूल्य पनि दश प्रतिशतको हाराहारीमा बृद्धि भएको छ ।