नयाँ गीत मदानीमा नेतीलाई दर्शकको प्रतिक्रिया – गीत उत्कृष्ट छ

काठमाण्डौ – भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत मदानीमा नेतीले विस्तारै दर्शकको मन जित्दै गइरहेको छ ।

केहि दिन अघि सार्वजनिक भएको गीतलाई अहिले सम्म करिव १ लाख दर्शकले हेरेका छन भने करिव ४ सय प्रक्रिया आएका छन । गीत हेर्ने धेरै दर्शकले गीत राम्रो भएको प्रतिक्रिया दिएका छन ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको गीतमा विक्रम परियार र अमृता श्रीपालको आवाज रहेको छ । गीतको शब्द शरद पाण्डेका रहेका छन भने लय सिर्जना गायक विक्रम परियारलेनै गरेका छन ।

गीतको म्युजिक भिडियो प्रविण थापाले निर्देशन गरेका छन भने सुधिर श्रेष्ठ,रविना भण्डारी र काजी सुन्दासको अभिनय रहेको छ । गीतलाई बाबा इन्टरडेन्डमेन्डले बजार ब्यवस्थापन गरेका छन ।

प्रतिक्रिया