• गृहपृष्ठ /
  • Breaking News ,
  • पूर्वाधार/यातायात ,
  • मुख्य खबर ,
  • समाचार

बैशाख १ देखि नयाँ बसपार्कको टिकट काउण्टर बन्द हुने,कारण यस्तो छ

काठमाण्डौ – देशको राजधानि काठमाण्डौबाट विभिन्न जिल्लामा बस छुट्ने नयाँ बसपार्कको टिकट काउण्टर बैशाख १ गतेदेखि बन्द हुने भएको छ ।

सो बसपार्कलाई नयाँ प्रविधि मैत्री बनाउनेको लागि सुधारका काम गर्नुपर्ने भएका कारण केहि समयको टिकट काउण्टर बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।

बसपार्कको सम्पुर्ण जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तराष्टिय मापदण्डको बनाउन लागिएको कारण केहि समय बन्द गर्न लागिएको हो । उहाँका अनुसार सके सम्म छिटो काम सकेर पुनसञ्चालनमा ल्याउने प्रयास गरिने छ ।

यो बसपार्कबाट देशका ६५ भन्दा धेरै जिल्लाहरुमा बस छुट्ने गर्दछन । कम्पनीले यात्रुको सेवाको लागि अब डिजिटल प्रविधि मार्फत टिकट काट्ने ब्यवस्था गर्न लागेको छ । विगतको तुलनामा अलिहे बसपार्कको स्वरुप पनि निकै राम्रो बनेको छ ।

प्रतिक्रिया