बिहानै दुःखद खबर – ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, २० घाइते

काठमाडौ – चितवनमा सवारी दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ भने २० जना गम्भीर घाइते भएका छन् ।

पूर्वी चितवनको भण्डाराको पहाडी क्षेत्रमा मजदुर चडेको ट्याक्टर दुर्घटना भएको हो । ।

नगरपालिका–११ को वडा कार्यालय भवन ढलान गरेर भण्डारा फर्कंदै गरेका मजदुर सवार ना१त ६२८२ नम्बरको ट्रयाक्टर चिउडेखोलामा दुर्घटना भएको हो । ट्रयाक्टर सडकबाट झन्डै दुई सय मिटर तल खसेको हो ।

अफ्टेरो भीरमा दुर्घटना भएको ट्याक्टर करिब २ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया