• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आज र भोलि बिदाको दिन पनि बैंक खुल्ला रहने,कारण यस्तो छ

काठमाडौ – नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको दिन पनि बैंक खुल्ला राख्न निर्देशन दिएको छ ।

आज शनिबार र भोलि घोडे जात्राका दिन उपत्यकामा २ दिन सार्वजनिक बिदा रहेको छ । तर विशेष महिनाको अन्तिम दिनहरूमा राजस्व शाखा र क्लियरिङ सेवा यथावत राख्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

केन्द्रीय बैंकका अनुसार असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सो पछि मसान्तसम्म शनिबारलगायतका जनसुकै सार्वजनिक बिदा पनि राजस्व संकलन गर्न बैंक तथा वित्तीय संस्थाले शाखा खोल्नुपर्छ ।

प्रतिक्रिया