• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सिंगटीको शेयर बाँडफाँड – १३ लाखको हात खाली,यसरी हेर्नुहोस नतिजा

काठमाण्डौ – केहि समय अघि शेयर निष्कासन गरेको सिंगटी जलविद्युतको शेयर शुक्रबार बाँडफाँड भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा बिहान ११ बजे सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड गरिएको हो।

शेयर आवेदन दिएका मध्य २ लाख ६९ हजार ७०० आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्। कुल सदर आवेदकमध्ये १२ लाख ९० हजार १०२ को हात खाली भएको छ।

बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार कम्पनीको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि दिएका थिए ।

जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९।१६ गुणा भन्दा धेरै हो।

कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको शेयर बाँडफाँड भएको १ घन्टा पछि https://iporesult.cdsc.com.np मा नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया