• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

विहिबार सबैभन्दा धेरै कमाउने ६ कम्पनीहरु यस्ता छन्

काठमाण्डौ – साताको अन्तिम दिने नेप्से करिव ३ अंकले बढेको छ । आज दिनैभरि २ सय ७ कम्पनीहरुको कारोबार भएको थियो ।

नेप्से सामान्य बढेसँगै कारोबार रकम ६४३ कारोड पुगेको छ । आज ९६ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ७४ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । ९ कम्पनीहरुको शेयर मूल्य यथावत रहँदा आधा दर्जन कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै कमाउने शेयर धनिहरुमा एनआईसी एसिया लद्युवित्त,ग्रीन लाईफ जलविद्युत,ज्योती लाईफ,मल्टिप्रपोज फाइनान्स,रिलायन्स फाइनान्स र ग्लोवल आईएमई लद्युवित्त रहेका छन ।

प्रतिक्रिया