माओवादी छाड्ने चार मन्त्रीको मन्त्रीपद गुम्यो,के पुरानै पार्टीमा फर्किन्छन ?

काठमाण्डौ – नेकपा माओवादी छाडेर एमालेमा बस्ने निर्णय गरेका चार मन्त्रीहरु पद मुक्त भएका छन ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले माओवादी केन्द्रले संघीय संसद सचिवालयमा पठाएको पत्र पढेर सुनाएपछि चार सांसदको पद गुमेको हो ।

पद गुम्नेहरुमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रहेका छन । उनीहरुले तत्काल राजिनामा दिएर फेरी नियुक्ती लिनु पर्ने हुन्छ । त्यो पनि ६ महिना भित्र सांसद भइसक्नु पर्ने नियम रहेको छ ।

मन्त्रीपद गुमेपछि उनीहरुसँग दुई विकल्प बाँकी रहने छन । पहिलो मन्त्रीपद छोडेर एमालेको राजनीतिमा लाग्ने अर्को पुरानै पार्टीमा फर्किने । तर उनीहरु माओवादीमै फर्किने सम्भावना निकै न्युन रहेको जानकारीहरुको भनाई छ ।

प्रतिक्रिया