• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • विदेश/प्रवास ,
  • समाचार

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

काठमाडौं – पछिल्लो समय नेपालीहरु माथि विदेशमा दुव्र्यवाहर भइरहेका घटना सार्वजनिक भएका छन । केहि समय पहिला एक चालकमाथि कुटपिटको घटनाले धेरै नेपालीलाई दुखि बनाएको थियो ।

यसैविच अमेरिकाको टेक्ससमा एक नेपालीको गाली हानी हत्या गरिएको छ । सोहि राज्यको टेक्सस अस्टिनमा बसेबास गर्ने पोखराका रमेश थापाको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । अहिले यो घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार मंगलबार राती उनीमाथी गोली प्रहार भएको थियो । प्रत्यक्षदर्शीका अनुसार बेलीकी करिव १ बजेको समयमा गोली चलेको आवाज आएको थियो । खवर पाएको प्रहरी त्यहा पुग्दा उनी खाइते अबस्थामा भेटिएका थिए । अहिल सम्म घटनामा संलग्नको कुनै पहिचान हुन भने सकेको छैन ।

झन्डै ११ वर्षअघि मेक्सिको हुँदै थापा अमेरिका पुगेका थिए । तीनवर्षअघि भाइ लक्ष्मण पनि अमेरिका पुगेका थिए । दाजुको मृत्यु भएपछि भाइ लक्ष्मण पनि भावविह्वल बनेका छन् ।

प्रतिक्रिया