सुनिताको मोहनीले रुदै तेजश रेग्मी – भिडियो सहित

काठमाण्डौ – मौलिक सिर्जना मार्फत सबैको मन मुटुमा बस्न सफल लोकप्रिय सर्जक तथा गायक तेजश रेग्मीको नयाँ गीत रुमाल धोइरहनी भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेममा विछोड भएका मायालु जोडीहरुको कथालाई गीतले म्युजिक भिडियो र अडियोमा मार्फत प्रष्ट पार्न खोजेको छ । गीतलाई तेजश आँफैले लय तथा शब्द सिर्जना गरेका हुन ।

तेजश रेग्मी र सुनिता बुढाको आवाज रहेको सो गीतलाई छोटो समयमै सामाजिक सञ्जाल टिकटकमा धेरैले भिडियो समेत बनाइसकेका छन । गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनेको छ । गीतलाई प्रकाश भट्टले कलात्मक रुपमा निर्देशन गरेका छन ।

गरिमा शर्मा र अर्जुन गौतमको अभिनय रहेको सो गीतमा तेजश रेग्मीको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया