सरकारकै कारण ६ अर्बको आइपीओ निष्कासन झ्याप्पै रोकियो,नियामक निकाय लाचार

काठमाडौं - नेपाल सरकारका कारण पाइप लाइनमा रहेका ६ अर्ब हाराहारीको आइपीओ निष्कासन रोकिएको छ । 

असोज १९ गते धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुङ्गानाको बर्खास्ती पछि नयाँ नियुक्ति नहुँदा आइपीओ निष्कासन प्रकिया रोकिएको छ । राइट शेयर,आइपीओ लगाएतका नीतिगत पहलमा समेत नियामक निकाय लाचार बनेको देख्न सकिन्छ । अहिले भने सरकार बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । 

त्यस्तै नेप्सेमा पनि प्रमुख नहुँदा सुधारका काम र नीतिगत काम हुन सकेका छैन । केहीवर्ष यता निकै चलायमान भइरहेको शेयर बजार प्रति सरकारको बजार अन्दाजले यो क्षेत्रले सोचे अनुरुपको प्रगति गर्न सकेको छैन । 

नियामक निकायमा स्वीकृतिको लागि अहिले ६ अर्ब माथिका कम्पनीको शेयर प्रक्रियामा रहेको छ । 

सयपत्री जलविद्युतको ९० करोड देखि डिस होमको २३ करोड सम्मको शेयर निष्कासनको प्रक्रियामा रहेका छन् । 

शेयर आउनेमा अधिकांस जलविद्युत कम्पनी रहेका छन भने इन्स्योरेन्स र लघुवित्त पनि यो लहरमा छन् ।

प्रतिक्रिया