• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रिओपनिङ सेसन – दोहोरो अंकले बढ्यो नेप्से

काठमाण्डो – साताको अन्तिम दिने विहिबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १८ अंक बढेको छ।

अघिल्लो कारोबार दिन २।८५ अंक घटेर २६७१।६१ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १८।६६ अंक बढेर २६९०।२८ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।०२ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५६ कम्पनीको १ करोड ६९ लाख ४३ हजार ९७५ रुपैयाँ बराबरको २६ हजार ३९२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया