काठमाणडौ – मंगलबार नेप्से करिव १६ अंकले नेप्से बढेसँगै करिव एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।
आज ४ कम्पनीहरुको शेयर मूल्य पुरै १० प्रतिशतले बढेको छ । त्यस्तै करिव एक दर्जन कम्पनीहरुको शेयर मूल्य मा ९ प्रतिश भन्दा धेरैले शेयर मूल्य बढेको छ ।
आज चिमिले जलविद्युत,युनिभर्सल पावर,युनाइटेड आईटीआई र चन्द्रागिरीको शेयर मूल्य दश प्रतिशतले बढेको छ । आज जलविद्युतका शेयर धनिहरुले सबैभन्दा धेरै कमाएका छन । योसँगै आज सबैभन्दा धेरै कमाउने कम्पनीहरु यस प्रकार रहेका छन ।