काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार नेप्से करिव १६ अंकले बढेको छ । नेप्सेसँगै समग्र बजार २६ सय ७४ विन्दुमा पुगेको छ ।
मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज २ सय १२ कम्पनीहरुको ७ अर्व २८ करोड भन्दा धेरैको कारोबार भएको छ ।
नेपाल पूर्वाधार विकास बैकको सबै भन्दा धेरै कारोबारहुँदा एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज नेप्सेका अधिकांस उपसूचकहरुमा हरियाली पोतिएको छ भने वित्त र विमाको उपसूचकहरु भने घटेका छन । आज बैक क्षेत्र पनि घटेको छ ।
आज कारोबार भएका मध्य १ सय ६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै १७ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।