सनिसारले उत्कृष्ट प्रतिक्रिया सहित दश लाख दर्शक बनायो

काठमाण्डौ – सामाजिक सञ्जालदेखि टिकटक सम्म निकै लोकप्रिय बनेको पछिल्लो गीत सनिसारले छाटो समयमै दश लाख दर्शक बनाउन सफल भएको छ । गीतलाई दर्शकहरुले उत्कृष्ट प्रतिक्रिया समेत दिएका छन ।

आफ्ना उत्कृष्ट सिर्जना मार्फत सबैको मन जित्न सफल सर्जक बेलबासेले यो पटक पनि फरक र उत्कृष्ट गीत लिएर आएका छन । गीतमा आवाजमा उनलाई पूर्णकला विसीले साथ दिएकी छन ।

गीतलाई कुशल आफैले लय तथा शब्द सिर्जना गरेका छन भने विश्वास नेपालले संगीत संयोजन गरेका छन । गीतको प्रकाश भट्टले उत्कृष्ट कथामा निर्देशन गरेका छन ।

सारिका केसी र शिशिर पौडेलले गीतमा गरेको अभिनय बास्तविका जस्तो देख्न सकिन्छ । समग्रमा गीत उत्कृष्ट बनेको हेर्न सकिन्छ । गीतलाई धेरैले मन पराएपछि मोडल शिशिर पौडेलले आफुलाई अत्यन्तै खुसी लागेको बताउँदै यो क्षेत्रमा अझ राम्रो गर्दै जाने प्रेणा मिलेको बताउनु भयो ।

प्रतिक्रिया