काठमाण्डौ – रुरु जलविद्युतको प्राथमिक शेयरमा आवेदन दिने चैत्र २४ अर्थात आज अन्तिम दिन हो । कम्पनीको शेयरमा यस अघि नै शेयरमा अत्यधिक आवेदन परिसकेको छ । लगानीकर्ताले केवल १० कित्ता पाउने छन त्यो पनि केहि भाग्यमानी लगानीकर्ताहरुले मात्र ।
कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गरेको छ । निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयरमा चैत्र २४ गते सम्म आवेदन दिन सकिने छ भने यसलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यो भनेको जोखिम महन गर्न सक्ने औषत रहेको जनाउँछ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।
यो कम्पनीको शेयरमा केवल ज्ञण् कित्ता आवेदन दिए पुग्ने देखिन्छ । किन भने ४ लाख हाराहारीमा शेयर निष्कासन गरेको हुँदा केही घण्टामा नै माग भन्दा धेरै आवेदन पर्ने लगभग निश्चित छ ।