काठमाण्डौ – नेपालको पहिलो केबुकार सेवा ६ दिन बन्द हुने भएको छ ।
नयाँ प्रविधिले स्तरोन्नतीको काम सुरु हुने भएपछि यही चैत्र २५ देखि चैत्र ३० गतेसम्म सेवा बन्द हुन लागेको कम्पनीले जनाएको छ । चैत ३१ गतेदेखि पुनः नियमित सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मङसिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।