काठमाण्डौ – साताको दोस्रो दिने नेप्सेमा सामान्य अंकले बढेको छ । । नेप्सेमा १ अंक भन्दा धेरैले बढे पनि कारोबार रकम भने साता अर्व माथि पुगेको छ ।
२ सय १२ कम्पनीहरुको ७० हजार भन्दा धेरै पटक कारोबार हुँदा उपर तामाकोशी जलविद्युत कम्पनीको सबै भन्दा धेरै कारोबार भएको छ । आज ३ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
नेप्स मापन गर्ने अध्यन सुचकहरु घट्दा सेन्सेटीभ इन्डेक्स भने सामान्य बढेको छ । उपसुचकमा वित्त र इन्स्योरेन्सका उपसूचकमा आज रातो पोतियो भने होटल र ब्यापार क्षेत्रमा भने हरियो पोतीयो ।
आज ५४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ११० कम्पनीहरुको शेयर मुल्य घटेको छ त्यस्तै १६ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहको छ ।