जापानबाट प्रेमले रचनालाई दिए मुटु बैना – भिडियो सहित

काठमाण्डौ – आफ्ना हरेक उत्कृष्ट सिर्जना मार्फत सबैको मन जित्दै आइरहेका गायक तथा कुशल सर्जक प्रेम सापकोटा सोनुको नयाँ गीत मुटु बैना भर्खर मात्र सार्वजनिक भएको छ ।

उत्कृष्ट लय र शब्द सिर्जना गर्न सक्ने क्षमता भएका सोनुले जापानबाटै आफ्ना सिर्जनाहरु दर्शक माझ ल्याउदै आएका छन ।

उनको पछिल्लो गीत पनि निकै दमदार र उत्कृष्ट रहेको छ । गीतलाई आयान न्यौपानेले लय तथा शब्द सिर्जना गरेका छन भने आवाजमा सापकोटालाई रचना रिमालले साथ दिएकी छन ।

गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक स्मृति तिमिल्सीनाले निकै मेहनत गरेर निर्देशन गरेकी छन भने अर्जुन सापकोटा र अञ्जली अधिकारीले अभिनय गरेका छन । गीतलाई प्रकास धमलाले सम्पादन गरेका छन भने आरजी मिडियाले बजार ब्यवस्थापन गरेको छ ।

प्रतिक्रिया