काठमाण्डौ – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर डिम्याट खातामा पठाउन थालेको छ । योसँगै कारोबार खुल्ने सम्भावना बढेको छ । केहि समय पहिला शेयर बाँडफाँड गरेको कम्पनीले यहि सातामा कारोबार खुलाउने गरि काम अगाडी बढिरहेको छ । कम्पनीले JLI सकेत पाएको छ ।
कम्पनीले फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रूपैयाँ ९४ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ८२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
सेबोनमा प्रकाशन भएको विवरण पत्र अनुसार ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६र७७ को प्रतिसेयर नेटवर्थ १३२ रूपैयाँ ९४ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३९८ रुपैयाँ ८२ पैसा हुन्छ ।